नेप्सेमा ४.२८ अकंकाे गिरावट, काराेबार रकम ४ अर्ब ७१ करोड

‘वाणिज्य बैंक समूहमा ०.६८ प्रतिशतको गिरावट’


काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२८ अकंले घटेर २६४५.२४ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बन्दीपुर केबलकारको १४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरी र स्वस्तिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । झापा इनर्जी र श्रीनगरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै निफ्रा ग्रिन इनर्जी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ दशमलव ५१ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन आठ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंकको ०.६८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.७३ प्रतिशतले शेयर मूल्य घटेको छ । सोमबार १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।