प्रतितोला १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो।

आज सुन तोलामा २ लाख ५३ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो। आज चाँदी तोलामा ३५ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३४ सय ९० रुपैयाँमा किनबेच भएको थियो।