‘एन्टी ब्राइबेरी एन्ड करप्सन पोलिसी’ लागू गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासन अभिवृद्धिका लागि ‘एन्टी ब्राइबेरी एन्ड करप्सन पोलिसी’ लागू गर्ने भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै यस्तो नीति लिन लागेको हो ।

केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय असल अभ्यास र आन्तरिक रूपमा विकसित प्रचलनलाई दृष्टिगत गर्ने भएको छ ।