अब एउटा महानगरपालिकामा बढी शाखा भए बैंकहरु आफैले मर्ज गर्न सक्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले एउटा महानगरपालिकामा बढी शाखा भए बैंकहरु आफैले मर्ज गर्न सक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले विद्युतीय भुक्तानी कारोबार बढिरहेको भन्दै शाखारहित कारोबारलाई जोड दिएको हो ।

केन्द्रीय बैंकले महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन/एकीकरण गर्नसक्ने व्यवस्था मिलाइने बताएको छ ।