बैंकिङ्ग प्रणालीमा एकैदिन १० अर्ब थपियो, अन्य सूचक कस्ता ?


काठमाडौं – केन्द्रीय बैंकको मंसिर १० गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीबाट १० अर्ब रुपैयाँ थपिएको छ। तथ्यांकअनुसार मंसिर ९ गतेसम्म बैंकिङ्ग प्रणालीमा ७५ खर्ब ९ अर्ब रुपैयाँ रहेकोमा भोलिपल्ट अर्थात् मंसिर १० गते ७५ खर्ब १९ अर्ब रुपैयाँ पुगेकाे हाे।

यस्तै, समिक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि १० अर्बले बढ्दै ६७ खर्ब ५६ अर्ब रुपैयाँबाट ६७ खर्ब ६६ अर्ब रुपैयाँ पुगेकाे छ। सो अवधिमा कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ। मंसिर ९ गतेसम्म बैंकिङ्ग प्रणालीबाट ५६ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५६ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ।

समिक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ५० खर्ब २६ अर्बबाट बढेर ५० खर्ब २७ अर्ब पुगेको छ। सो समयमा अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत र सिडी रेसियो ७४.३० प्रतिशत रहेको छ।