काठमाडौं – आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई गत पुस ४ गते नवौँ वार्षिक साधारण सभामा बोलाएको छ। संस्थाको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो सभा होटेल अरनिको प्रा.लि.धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउँसो २ बजे बोलाएको हो।
यस संस्थालाई नेपाल राष्ट्र बैंकबाट मंसिर ५ गते आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण प्रकाशन गर्न स्वीकृत प्रदान गरेकाले सो सभा बस्ने निर्णय गरेको हो। सो सभा प्रयोजनका लागि संस्थाले मंसिर २२ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको हो।
जसअनुसार मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सो सभामा भाग लिन सक्नेछन्।






About Us
प्रतिक्रिया