काठमाडौं – यो साता सुनको मूल्यमा ६ हजार रुपैयाँको वृद्धि देखिएको छ। आइतबार, मंगलबार, बुधबार शुक्रबार सुनको मूल्य बढ्दा सो रकम बराबरको वृद्धि देखिएको हो।
यस्तै, यो साता सोमबार र बिहीबार भने सुनको मूल्यमा गिरावट आयो। सोमबार सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँले घट्दै दुई लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भयो। यस्तै, बिहीबार चार सय रुपैयाँले घट्दै दुई लाख ४८ हजार चार सय रुपैयाँ कायम भयो ।
यो साताको पहिलो कारोबारको दिन आइतबार दुई हजार नौ सय रुपैयाँले बढ्दै प्रतितोला छापावाल सुन दुई लाख ४४ हजार छ सय रुपैयाँमा किनबेच भयो । यस्तै, मंगलबार पाँच हजार दुई सय रुपैयाँले बढ्दै दुई लाख ४७ हजार ९ सय रुपैयाँ कारोबार पुग्यो ।
यस्तै, शुक्रबार प्रतितोला स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढ्दै दुई लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भयो।






About Us
प्रतिक्रिया