निर्धन उत्थान लघुवित्तद्वारा तुल्सीपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


काठमाडौं – निर्धन उत्थान लघुवित्तले दाङ्गको तुल्सीपुर उपमहानगरपालिका वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको तुल्सीपुर शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा एक सयबढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

वित्तीय साक्षरता कार्यक्रममा सहभागिहरुलाइ वित्तीय संस्थाको उदेश्य, सेवा, वित्तीय सेवामा पहुँच, उद्यमशिलता, कर्जा, बचत, वीमा, विप्रेषणका, पारिवारिक बजेट, आम्दानी, खर्च र बचतको महत्वका साथै डिजिटल बैंकिङ्ग र वित्तीय संस्थाले दिने गैरवित्तीय सेवाका वारेमा प्रशिक्षण गरिएको थियो । प्रशिक्षणको क्रममा वित्तीय संस्थाको उद्धेश्य, ईतिहास, समुह, केन्द्र, कर्जा अनुशासन, बैंकिङ्ग कसुरका बारेमा वित्तीय साक्षरता कार्यक्रमका साक्षरता, शाखा कार्यालयमा कार्यरत कर्मचारीहरु डिल्ली भण्डारी, प्राप्ती कार्की, हिमकला बुढा, गोमा वलीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा क्षेत्रीय कार्यालय कोहलपुरका व्यवस्थापक ध्रुवराज जोशी र केन्द्रीय कार्यालयका वरिष्ठ व्यवस्थापक जिताराम गौतमले प्रशिक्षण गरेका थिए । कार्यक्रममा सहभागिहरुले सेवाशुल्क ,ब्याजदर र किस्ता भुक्तानी प्रणाली बारेमा जिज्ञासा राखेका थिए ।