जेन–जी आन्दोलको क्षतिमा २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बीमा दाबी, ४ अर्ब बढी भुक्तानी


काठमाडौं – हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार २५५ वटा बीमा दाबीको करिव २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब रुपैयाँ ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ।

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम करिव १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिव ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम करिव ३ अर्ब ४४ करोड १० लाख रुपैयाँमध्ये करिव ८४ करोड ८५ लाख रुपैयाँ भुक्तानी भएको छ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव ५५ करोड ४ लाख रुपैयाँ दाबी रकममध्ये करिव ६ करोड ६९ लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव १ करोड ६९ लाख रुपैयाँ दाबी रकममध्ये करिव ४८ लाख रुपैयाँ र अन्य बीमातर्फ ४४ वटा दाबीको करिव ३९ करोड १८ लाख रुपैयाँ दाबी रकममध्ये करिव ३९ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ।

पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिव २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ अग्रिम सहित दाबी भुक्तानी जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ अग्रिम भुक्तानीसहित दाबी गरेको छ। नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १५ अर्ब ८१ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क रहेको छ।