लगातार पाँचौँ दिन बढ्यो शेयर बजार, ६ अर्ब ६६ करोडको कारोबार


काठमाडौं – साताको पाथौं कारोबारको दिन पनि शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १०.४३ अंकले बढेर परिसूचक २६ सय ७६ दशमलव ३ को विन्दुमा कायम भएको छ।

आज १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयरमूल्य घटेसँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै एनआएन इन्फ्राटक्चर डेभलपमेन्टको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ङाढी ग्रप पावरको १६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, झापा इनर्जीका, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रिटेकका लगानीकर्ताहरुले ९.९९ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै हिम स्टार उर्जा र फ्रस्ट माइक्रो फाइनान्सका लगानीकर्ताले गुमाएका छन्। आज यी कम्पनीका लगानीकर्ताले ७.७८ प्रतिशतका दरले गुमाएका हुन्।