तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो।

आज सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो। आज चाँदी तोलामा ३२ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय २० रुपैयाँमा किनबेच भएको थियो।