तीन महिनामा अध्ययनमा विदेशियो ४२ अर्ब ९६ करोड


काठमाडौं – देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ। चालु आर्थिक वर्षको तीन महिना असोजसम्म अवधिमा अध्ययनका लागि ४२ अर्ब ९६ करोड रुपैयाँ बराबरको रकम विदेशिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा बढेकाे छ। चालु आवको असाेजसम्ममा अध्यनयका लागि ४२ अर्ब ९६ करोड रुपैयाँ व्यय भएकामा गत आवको सोही अवधिमा ३२ अर्ब २२ करोड रहेको थियाे।

समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब १ करोड रूपैयाँले घाटामा रहेको थियो। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रूपैयाँ रहेको थियो।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड रूपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्फकाे व्यय ४२ अर्ब ९६ रूपैयाँ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रहेकोमा रहेको थियो।