नेप्से साढे ९ अंकले बढ्दा बजारमा साढे ६ अर्ब बढीकाे काराेबार


काठमाडौं – साताको चौंथो कारोबारको दिन पनि शेयर बजार एकोहोरो अंकले बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९.६१ अंकले बढेर परिसूचक २६ सय ६५ दशमलव ६० को विन्दुमा कायम भएको छ ।

आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयरमूल्य घटेसँगै ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै एनआएन इन्फ्राटक्चर डेभलपमेन्टको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६२ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, सिवम् सिमेन्टको २६ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सागर डिष्टिलरी र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले ९.९९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै बोतलस् नेपाल (बालाजु) का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.९४ प्रतिशतका दरले गुमाएका हुन्।