काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।
आज सुन तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। हिजो ५ हजार २ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९ सयले बढेसँगै २ दिनमा सुनको मूल्यमा ६ हजार १ सय रुपैयाँको वृद्धि देखिएको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो। आज चाँदी तोलामा ३२ सय २० रुपैयाँ कायम भएको छ।






About Us
प्रतिक्रिया