बैंकिङ्ग प्रणालीमा अधिक तरलता कायमै, ३० अर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम जारी छ । बैंकिङ्ग क्षेत्रमा भएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ३० अर्ब तान्ने भएको हो । राष्ट्र बैंकले ४२ दिनको लागि ४२ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।

यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज २०८२ पुस २३ गते हुनेछ । राष्ट्र बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने बताएको छ ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाकाे लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा गणना गर्न पाइनेछ ।