काठमाडौं – पछिल्लो समय डिजिटल (अनलाइन) वित्तीय कारोबार तीव्र गतिमा बढिरहेको छ। भुक्तानीका सधान मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गसँगै विविध भुक्तानीका माध्यमहरु जस्तै वालेट, कनेक्ट आइपीएस, डेबिट, क्रेडिट कार्डको प्रयोग बढेको हो।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्म मोवाइल बैंंकिङ्ग मार्फत ५४ अर्ब ८५ करोड १५ लाख रुपैयाँको कारोबार भएको देखिन्छ भने आर्थिक वर्ष २०७१/८२ को सोही अवधिमा यस्तो कारोबार ४० अर्ब १२ करोड ४१ करोड रुपैयाँ रहेको थियाे।
यस्तै, इन्टरनेट बैंकिङ्गमार्फत गरिने कारोबार पनि बढेको देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को असाेज महिनामा इन्टरनेट बैंकिङ्गमार्फत २१ करोड ९० लाखभन्दा धेरैको कारोबार भएको देखिन्छ भने आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो कारोबार १७ करोड २६ लाख बढीको कारोबार भएको थियो।
मोवाइल र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता बढे
राष्ट्र बैंकको तथ्याङकमा नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या बढेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को भदौमा तथ्यांकअनुसार मोवाइल बैंकिङ्ग प्रयोग गर्नेको संख्या २ करोड ८२ लाख ४० हजार थियो।असोजमा बढेर २४ करोड ८४ लाख १८ हजार पुगेको छ। यस्तै, इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या पनि बढेको देखिएको छ। भदौ महिनामा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या २२ लाख ७८ हजार २ सय ६२ रहेको देखिएको छ भने असोजमा २३ लाख नाघेको छ ।
यस्तै, कनेक्ट आइपीएसको प्रयोग गर्ने प्रयोगकर्ताको संख्या असोजमा १४ लाख ८१ हजार ३८८ रहेकाे छ। भदाैसम्म याे संख्या १४ लाख ७२ हजारमा सीमित थियाे।






About Us
प्रतिक्रिया