लगातार तेस्रो कारोबारको दिन पनि बढ्यो नेप्से, कारोबार रकम खुम्चियो 


काठमाडौं – साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५.३२ अंकले बढेर परिसूचक २६ सय ५५ दशमलव ९९ को बिन्दुमा बजार बन्द भएको छ। 

आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेसँगै १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै वन्दीपुर केवलकारको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ। 

आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सागर डिष्टिलरी लिमिटेडका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्। 

आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.९६ प्रतिशतका दरले गुमाएका हुन्।