राष्ट्र बैंकद्वारा प्रणालीगत रुपमा महत्त्वपूर्ण बैंकसम्बन्धित फ्रेमवर्क सार्वजनिक


काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकहरूसँग सम्बन्धित फ्रेमवर्क जारी गरेको छ । केन्द्रीय बैंकले लामो समयपछि प्रणालीगत रुपमा महत्त्वपूर्ण बैंकसम्बन्धित फ्रेमवर्क सार्वजनिक गरेको हो ।

यस फ्रेमवर्क जारी गर्नुकाे उद्देश्य वित्तीय प्रणाली तथा समग्र अर्थतन्त्रमा गम्भीर अवरोध उत्पन्न गर्ने सम्भावना भएका घरेलु प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकहरू पहिचान गर्नु, जोखिमहरूलाई सम्बोधन गरी घरेलु वित्तीय प्रणालीको स्थिरता सुनिश्चित गर्नु, उच्च हानि वहन क्षमताको आवश्यकता लागू गर्नु, प्रणालीगत जोखिम घटाउने तथा वित्तीय कमजोरी वा दिवालियापनको सम्भावनालाई न्यून पार्नु रहेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंकिङ्ग कारोबार सञ्चालन गर्न अनुमति प्राप्त सबै वाणिज्य बैंकहरूले लागू गर्नुपर्ने बताएको छ ।