तीन महिनामा १३० खर्ब ७५ अर्ब ९५ करोड रुपैयाँ तरलता प्रशोचन


काठमाडौंं – चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा  नेपाल राष्ट्र बैंकले कुल  १३० खर्ब ७५ अर्ब ९५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेकाे छ। निक्षेप सङ्कलन बोलकबोलमार्फत ७ खर्ब १४ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १२३ खर्ब ६१ अर्ब ३० करोड गरी साे रकम बराबरकाे तरलता प्रशाेचन गरेकाे हाे।

अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद ७८ खर्ब ३३ अर्ब ४० करोड रूपैयाँ तरलता प्रशोचन गरेकाे थियाे। समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ८६ करोड खुद खरिद गरी २६२ अर्ब १४ करोड तरलता प्रवाह गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ४७ करोड खुद खरिद गरी १९६ अर्ब ७९ करोड रूपैयाँ तरलता प्रवाह गरेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब १२ करोड बिक्री गरी १५८ अर्ब ७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ८६ करोड बिक्री गरी ११५ अर्ब ६६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।