फेरि अघि बढ्यो भारतीय सरकारी बीमा कम्पनीहरूको मर्जर प्रस्ताव


भारतीय अर्थमन्त्रालयले तीनवटा सरकारी बीमा कम्पनीलाई एकै संस्थामा मर्ज गर्ने प्रस्तावलाई पुनः अघि बढाएको छ । कम्पनीहरुको वित्तीय अवस्थामा सुधार आएका कारण कार्यक्षमता र आकारको बढाउने उद्देश्यले पुनः मर्जरको प्रस्ताव अघि बढेको हो ।

ओरिएन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र युनाइटेड इन्डिया इन्स्योरेन्सलाई एउटै संस्थामा मर्ज गर्न लागेको हो । भारतीय सरकारले २०१९/२० देखि २०२१/२२ सम्म बीचमा आर्थिक संकटबाट निकाल्ने उद्देश्यले यी तीनवटा बीमा कम्पनीमा जम्मा १ खर्ब ७४ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको थियो ।

सन् २०१८/१९ को बजेटमा तत्कालीन अर्थमन्त्री अरुण जेटलीले यी तीनै कम्पनी लओरिएन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र युनाइटेड इन्डिया इन्स्योरेन्सलाई एकै बीमा कम्पनीमा कर्ज गर्ने घोषणा गरेका थिए ।