काठमाडौं – साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजार भारी अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३९.९२ अंकले बढेर परिसूचक २६ सय २२ बिन्दुमा बजार बन्द भएको छ।
आज २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सबैभन्दा धेरै एनआरएन इन्फ्राक्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६५ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, वन्दीपुर केवलकार एण्ड टुरिज्म र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ७.२५ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया