राष्ट्र बैंकले दियो आशा लघुवित्तलाई लाभांश वितरणको अनुमति


काठमाडौं – नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले मंसिर ५ गते आशा लघुवित्तलाई प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृति पाएको संस्थाले आगामी वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरेपछि शेयरधनीहरुलाई वितरण गर्नेछ ।

संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।