सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज एक तोला सुनको मूल्य २ लाख ४४ हजार ६ सय निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन २ लाख ४१ हजार ७०० मा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३ हजार १३५ कायम भएको छ । त्यति नै परिमाणको चाँदी शुक्रबार रु तीन हजार १०० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।