राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका अध्यक्ष अर्यालद्वारा शपथ ग्रहण


काठमाडौं – राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष निर्मल ढकालले सपथ ग्रहण गरेका छन्। उनलाई आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

कम्पनीको सञ्चालक समितिको मिति २०८२ साल मंसीर ५ गतेको बैठकले कम्पनीका सञ्चालक र आन्तरिक राजस्व विभागका उपमहा निर्देशक रहेका उनलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थित थिए।