आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्याे, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो।

आज सुन तोलामा २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो। आज चाँदी तोलामा ३१ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।