काठमाडौं – समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकले अवैधानिक शेयर पूँजी घटाउँने भएको छ । बैंकले एक सूचना जारी गर्दै ३५ जना व्यक्तिहरूले हकप्रद शेयर खरिदको क्रममा निक्षेपकर्ताको रकम दुरुपयोग गरेको पाइएपछि अवैधानिक शेयर पूँजी घटाउँने भएको हो ।
गत पुस १० गते राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा गरेर बैंकको व्यवस्थापन तथा सञ्चालन नेपाल राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समूहबाट भइरहेको छ । जसमा सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्दा संस्थाको चुक्ता पुँजी क्षय भएको, दायित्व सम्पत्तिले नखाम्ने देखिएको एवम् शेयरधनीहरुबाट चुक्ता हुनुपर्ने शेयरपुँजी बापतको रकम अवैधानिक रुपमा चुक्ता भएको देखिएको हुँदा संस्थाको पुनसंरचना गर्ने क्रममा शेयरधनीहरुको शेयरपुँजी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बमोजिम घटाई १ प्रतिशत कायम गर्ने भएको हो ।
केन्द्रीय बैंकले २५ संस्थापक शेयरधनीको नाममा रहेको २१ लाख ३६ हजार कित्ता शेयर २१ हजार ३६० कित्ता मात्र कायम गरेको छ भने साधारण शेयरधनीको नाममा रहेको १२ हजार ६८४ कित्ता शेयर १२६ कित्ता मात्र कायम गरेको छ ।






About Us
प्रतिक्रिया