काठमाडौं – बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २२ औं वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको मंसिर ३ गते सम्पन्न बैठकले सो सभा मंसिर २६ गते शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौंमा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ।
जसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।






About Us
प्रतिक्रिया