काठमाडौं – साताको चौथो कारोबारको दिन (बुधबार)शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४.९८ अंकले घटेर २५ सय ६१ दशमलव ८ को बिन्दुमा बजार बन्द भएको छ।
आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेसँगै ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सबैभन्दा धेरै भूगोल हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, साहास ऊर्जा लिमिटेडको १९ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको हो।
आज सबैभन्दा धेरै दरमखोला हाइड्रो इनर्जी र माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन्। यी दुई कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.३ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया