बीमा कम्पनीहरूले आतंकवाद तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको सम्पत्ति रोक्का गर्ने


काठमाडौं – नेपाल बीमा प्राधिकरणले बीमाकर्ताको लागि लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी निर्देशिका २०२५ जारी गरेको छ । बीमा कम्पनीहरूले आतंकवाद तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको सम्पत्ति रोक्का गर्नुपर्ने व्यवस्था गरेको हो ।

प्राधिकरणले बीमाकर्ताहरूलाई उनीहरूको लक्षित वित्तीय प्रतिबन्धसम्बन्धी दायित्वहरू बुझ्नको लागि मार्गदर्शनको रूपमा काम गर्ने अपेक्षा गरेको छ । बीमाकर्ताहरूले संयुक्त राष्ट्र संघको सूची र घरेलु आतंकवादी सूचीमा उल्लेख गरिएकाहरूलाई लक्षित वित्तीय प्रतिबन्ध लागू गर्न नीतिहरू, प्रक्रियाहरू र नियन्त्रण उपायहरू लागू गर्न बाध्य रहेको पनि बताएको छ ।

यस्तै, बीमा कम्पनीहरुले त्यस्ता व्यक्तिलाई बीमा सेवामा पहुँच निलम्बन गर्ने, बीमा सम्बन्धी लेन–देन रोक्का गर्ने, स्वामित्व वा नामसारी सुविधा रोक्ने, नामित व्यक्तिलाई नयाँ बीमा सेवा प्रदान गर्न निषेध र नामित व्यक्तिलाई बीमित गर्न नदिने व्यवस्था गरेको छ ।