स्रोत नखुलेको नगद ८ लाखसहित तीन जना पक्राउ


काठमाडौं – सर्लाहीको मलंगवा नगरपालिका– ८ बाट स्रोत नखुलेको नगद ८ लाख १३ हजार ९ सय १० रुपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा ईश्वरपुर नगरपालिका– ३ बस्ने ३४ वर्षीय सुवाश लामिछाने, २९ वर्षीय रूपेश सहनी र कविलासी नगरपालिका– ४ बस्ने मलंगवा नगरपालिका– १० घर भएका २८ वर्षीय मुकेश चौधरी रहेका छन्।

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतको सोनबर्षाबाट मलंगवातर्फ आउँदै गरेको म.प्र.०३–०३६ प ९३८८ नम्बरको मोटरसाइकलमा सवार सुवाश र रूपेश तथा पैदलयात्री मुकेशलाई उक्त नगद सहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।