नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा लम्साल नियुक्त


काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन्। नेपाल सरकार, अर्थ मन्त्रालयको गत कात्तिक १६ गतेको पत्रानुसार बैंकको सञ्चालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट लम्साल मनोनित भएका हुन्।

बैंकको मंसिर ८ गते बेलुका ५ बजे बसेको सञ्चालक समितिको १७२ औं बैठकबाट लम्सालले आफ्नो जिम्मेवारी सम्हालेका हुन्। सो पदमा यस अघि श्रीकृष्ण नेपालले प्रतिनिधित्व गर्दै आएका थिए।