बैंकिङ्ग समाचार, काठमाडौं ।
पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुको संगठन ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ र नेको इन्स्योरेन्सबीच सहकार्य भएको छ । रसिद जारी गरी बीमा बापत रकम लिने प्रवृत्तिलाई हटाउन संघले कम्पनीसँग ट्रान्जिट बीमा अर्थात मार्गस्थल बीमा गर्ने सम्झौता गरेको हो ।
उक्त सम्झौता अनुसार गत साउन ३१ गतेबाट निगमका सबै डिपोहरुबाट मूल्यअभिवृद्धि कर भ्याज बीजक बीलसहित बीमा पोलिसी जारी भइसकेको छ । पेट्रोलियम ब्यवसायीहरुलाई प्रत्यक्ष लाभ हुने गरी संघले नेको इन्स्योरेन्स मार्फत विभिन्न सेवा सुविधासहितको बीमा पोलिसी जारी हुने जानकारी गराएको छ ।
प्रतिक्रिया