एटीएम कार्ड लगायतका संवेदनशील विवरण सेयर गर्नुअघि सोचौँ: केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले व्यक्तिगत संवेदनशील विवरण सेयर गर्नुअघि सोच्न केन्द्रीय बैंकले सर्वसारधणलाई सुझाव दिएको छ। मंगलबार वित्तीय चेतनाका लागि सन्देश सार्वजनिक गर्दै संवेदनशील कागजात र विवरणको प्रयोगमा उच्च सतर्कता अपनाउन सबैलाई सुझाव दिएको हाे।

राष्ट्र बैंकले राहदानी, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, अन्य कुनै परिचयपत्र, क्रेडिट कार्ड, डेबिट कार्ड (एटीएम कार्ड) जस्ता आफ्ना निजी तथा संवेदनशील कागजात एवं विवरण जोकोहीलाई तस्बिर खिचेर पठाउने, सामाजिक सञ्जालमा अपलोड गर्ने, ई–मेल गर्ने तथा त्यस्ता कागजातको फोटोकपी दिनेजस्ता कार्यले संवेदनशील तथा व्यक्तिगत सूचना साइबर अपराध र वित्तीय ठगी गर्ने गिरोहसम्म पुग्न सक्ने चेतावनी दिएको छ।