काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन घर भई कठामाडौं बस्ने २५ वर्षीय सुजु प्रजा र काठमाडौं घर भएका ४२ वर्षीय रोजी गुरुङ रहेका छन्।
उनीहरूले मध्ये प्रजाले १ जनालाई युके पठाइदिन्छु भन्दै दुई लाख ६४ हजार र गुरुङले साइप्रस पठाइदिन्छु भन्दै सात लाख ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया