नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम ४ अर्ब आसपास


काठमाडौं – साताको दास्रो कारोबारको दिन (सोमबार) शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९.७८ अंकको बढेर २५ सय ५० दशमलव ३६ को बिन्दुमा बजार बन्द भएको छ।

आज १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीको शेयर मूल्य घटेसँगै १३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ३३५ कम्पनीको ८८ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै साहास उर्जा लिमिटेडको शेयर कारोबार भएको छ। यस कम्पनीको आज १७ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सिव्म सिमेन्टको १६ करोड २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै बन्दीपुर केबलकार एण्ड टुरिजमका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सागर डिष्टिलरी, भुगोल हाइड्रो र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै भूगोल इनर्जी डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन्।