यसअघि छुटेका विश्व अधिकारी डिआइजी बढुवाका लागि सिफारिस


काठमाडौं – यसअघि पहिलो वरियतामा हुदाँ पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक डिआइजीमा बढुवामा छुटेका विश्व अधिकारी बढुवा भएका छन्। उनलाई प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप समूह, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फ डिआइजी पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको हो।  

सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई डिआइजीमा बढुवा गरेको हो। यसअघिको एसएसपीबाट डिआइजीमा बढुवामा उनी छुटेका थिए। २०८० वैशाख २४ मा भएको एसएसपी बढुवामा अधिकारी पहिलो नम्बरमा थिए। पहिलो नम्बरलाई छुटाएर २ देखि ६ नम्बरसम्मका एसएसपीलाई डिआइजी सिफारिस गरिएपछि उनी असन्तुष्ट देखिएका थिए।

उनी जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी प्ररिसर काठमाडौंका प्रमुखका रूपमा रहेका थिए। प्रमुख हुँदा उनले ५५०० भन्दा बढी अपराधी समात्नुका साथै, चर्चित गुण्डाका नाइकेहरू चक्रे मिलन,सानुभाई भनिने गुण्डाहरुलाई पक्राउ गरेका थिए।