काठमाडौं – जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्ममा करिब २ अर्ब नाफा आर्जन गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्टअनुसार १ अर्ब ९७ करोड २४ लाख ५४ हजार नाफा आर्जन गरेका हुन् ।
गत आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्ममा कम्पनीहरुले १ अर्ब ९२ करोड ४१ लाख २१ हजार नाफा आर्जन गरेका थिए । असोजसम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले २५ करोड ८५ लाख नाफा आर्जन गरेको हो । यस्तै, धेरै नाफा कमाउनेको दोस्रोमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले २३ करोड ९२ लाख नाफा आर्जन गरेको हो ।
त्यस्तै, तेस्रो धेरै नाफा कमाउनेमा नेपाल लाइफ रहेको छ । असोजसम्ममा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी, असोज मसान्तसम्ममा आइएमई लाइफले १५ करोड ८३ लाख, एसियन लाइफले १५ करोड २५ लाख, सानिमा रिलायन्स लाइफले १४ करोड ९६ लाख, नेशनल लाइफले १४ करोड ८ लाख नाफा आर्जन गरेका छन् ।
यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले १३ करोड १४ लाख, सुर्यज्योति लाइफले १२ करोड ८० लाख, हिमालयन लाइफ १२ करोड ७७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १० करोड ८३ लाख, मेट लाइफले ९ करोड ७१ लाख, प्रभु महालक्ष्मी लाइफले ६ करोड ३७ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले १२ लाख १२ हजार नाफा कमाएका छन् ।






About Us
प्रतिक्रिया