काठमाडौं – एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्टअनुसार कम्पनीले असोजसम्ममा १५ करोड २५ लाख नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै, असोजसम्ममा महाविपत्ति कोषमा २९ करोड ४९ लाख रहेकाे कम्पनीको रिटेन्ड अर्निङमा ९४ करोड १४ लाख र अन्य इक्विटीमा १० करोड ७८ लाख रहेको छ ।
पहिलो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा ४८ अर्ब ४८ करोड ५२ लाख रहेको छ । असोजसम्म कम्पनीले २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यता, यस अवधिमा २ अर्ब २८ करोड ४० लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।






About Us
प्रतिक्रिया