सानिमा रिलायन्स  लाइफ इन्स्योरेन्सले जारी गर्‍यो नयाँ बोनस दर 

सानिमा रिलायन्स  लाइफ इन्स्योरेन्सले जारी गर्‍यो नयाँ बोनस दर 


बैंकिङ्ग समाचार, काठमाडौं । 
सानिमा रिलायन्स लाइफले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आज गत आर्थिक वर्ष २०७८।७९ को बीमालेखहरुको बोनसदर घोषणा गरेको हो । कम्पनीले तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनस दर निर्धारण गरेको हो । सो प्रतिवेदनलाई प्राधिकरणले भदौ १९ गते गते स्वीकृत गरिसकेको इन्स्योरेन्सले जनाएको छ । 

कम्पनीले आज सार्वजनिक गरेको बोनसदर अनुसार कुन योजनामा कति ?

सावधिक जीवन बीमा योजना रेगुलर
इन्स्योरेन्सले सावधिक जीवन रेगुलर बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस तोकेको छ । कम्पनीका अनुसार सावधिक जीवन बीमा योजनामा १३ हजार ९५२ बीमा लेख संख्या जारी गरेका छन् ।

सावधिक जीवन एकल बीमा योजना
सावधिक जीवन ९एकल० बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने भएको हो । जसमध्ये शुन्यदेखि ९ वर्ष अवधि र १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ र २५ वर्षदेखि माथिको ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । यस योजना अन्तर्गत कम्पनीले ७९६ बीमा लेख जारी गरेको छ ।

त्रिपल सावधिक बीमा योजना
त्रिपल सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दर तोकिएको छ । जसमध्ये १० देखि १४ वर्ष अवधि र १५ देखि १९ वर्ष अवधिको २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको २५ रुपैयाँ र २५ वर्षदेखि माथिको ३० रुपैयाँ बोनस दर प्रदान गर्नेछ । सो योजनाअन्तर्ग कम्पनीले ७९६ बीमा लेख बिक्री गरेको छ ।

दम्पत्ति सावधिक बीमा योजना
कम्पनीको दम्पत्ति सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनस दर प्राप्त गर्न सकिनेछ । कम्पनीका अनुसार यस योजनामा २ हजार ७२ बीमा लेख जारी गरेको छ ।

सावधिक तथा आजीवन बीमा योजना
सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।

अग्रिम भुक्तानी बीमा योजना
यस्तै, अग्रिम भुक्तानी बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४१ रुपैयाँसम्म बोनस दर निर्धारण गरिएको छ । 

वार्षिक अग्रिम भुक्तानी बीमा योजना
वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म बोनस दर तोकिएको छ । जसमध्ये १५ देखि १९ वर्ष अवधिको १९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको २१ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

वार्षिक अग्रिम भुक्तानी बीमा योजना
वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म बोनस दर तोकिएको छ । जसमध्ये १५ देखि १९ वर्ष अवधिको १९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको २१ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।