नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ३ अर्ब बढी 


काठमाडौं – साताको पहिलो कारोबारको (आइतबार) शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ५.१५ अंकले घटेर २५ सय ४० दशमलव ५७ को विन्दुमा कायम भएको छ।

आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेसँगै १४ कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको छ।

आज दिनभरिमा ३३७ कम्पनीको ७९ लाख ५७ हजार बढी कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३९ लाख माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै एसबीएल डिबेन्चर २०८९ को कारोबार भएको छ। आज यस कम्पनीको २८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै कमाउनेमा सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमका लगानीकर्ता रहेका छन्। आज यी कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन्।

आज सबैभन्दा धेरै नेपाल भूगोल इनर्जी डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।