सन नेपाल लाइफद्वारा तीन महिनामा १ अर्ब बढी बीमा शुल्क संकलन


काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार २३ करोड ९२ लाख नाफा आर्जन गरेको हो ।

कम्पनीले तीन महिनामा १ अर्ब ८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यस अवधिमा कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, असोजसम्ममा कम्पनीले १ अर्ब ४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ३ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

असोजसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ रहेको छ ।