काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्टअनुसार १० करोड ८३ लाख नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको यो अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
यस्तै, कम्पनीको कुल आम्दानी ७ अर्ब ७५ करोड २० लाखबाट बढेर ८ अर्ब १३ करोड ९८ लाख पुगेको छ । असोजसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १ खर्ब ३६ अर्ब ९५ करोड ८१ लाख कायम भएको छ । यस्तै, तीन महिनामा अभिकर्तालाई ४ करोड ५८ लाख कमिशन दिएको छ।
हाल ५ अर्ब ५० करोड चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ६९ करोड १६ लाख र जगेडा कोषमा ३ अर्ब ९ करोड १८ लाख सञ्चित रहेको छ ।






About Us
प्रतिक्रिया