नेपाल लाइफको नाफा बढ्यो, तीन महिनामा कमायो २१ करोड ५५ लाख


काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्टअनुसार कम्पनीको खुद नाफा ४.९ प्रतिशत बढेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ५५ लाख खुद नाफा कमाएको हो । यता, गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले २० करोड ५४ लाख खुद नाफा आर्जन गरेको थियो । यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ अर्ब ८१ करोड कम्पनीको खुद प्रिमियम आम्दानी रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ अर्ब ३६ करोड रुपैयाँ छ । कम्पनीको विपत्ति कोषमा १ अर्ब ३४ करोड रुपैयाँ छ ।

हाल ९ अर्ब २ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी १ अर्ब ३९ करोड रुपैयाँ छ ।