काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको जितपुर सिमरा घर भई ललितपुर बस्ने ३१ वर्षीय मनोहर चौधरी र प्युठानको गौमुखी घर भई २२ वर्षीय मेघराज सुनार रहेका छन्।
झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै पीडितहरूले दिएको जाहेरीको आधारमा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया