नेशनल लाइफले तीन महिनामा कमायो १४ करोड नाफा, कुन सूचक कस्ता ?


काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तीन महिनामा १४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्टअनुसार गत आर्थिक वर्षको यहिँ अवधिको तुलनामा नाफा बढाएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको १३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । असोजसम्ममा कम्पनीले ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यस्तै, कम्पनीको जीवन बीमाकोषमा ९३ अर्ब ६३ करोड ५२ लाख रहेको छ ।

कम्पनीको कुल आम्दानी ७ अर्ब ३१ करोड १४ लाख पुगेको छ भने कुल खर्च ६ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले तीन महिनामा आफ्ना अभिकर्ताहरूलाई ४७ करोड ७१ लाख रुपैयाँ कमिशन दिएको छ । हाल ५ अर्ब ४७ करोड २७ लाख चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ र जगेडा कोषमा ६३ करोड ८० लाख रुपैयाँ सञ्चित छ ।