साताको सुन काराेबारः ११ हजार १ सय रुपैयाँले बढ्यो मूल्य


काठमाडौं – यो साता सुनकाे मूल्यमा ११ हजार १ सय रूपैयाँकाे वृद्धि देखिएकाे छ। आइतबार, साेमबार, मंगलबार, बिहीबार लगातार सुनकाे मूल्य बढ्दा साे रकम बराबरकाे वृद्धि देखिएकाे हाे।

यस्तै, याे साता बुधबार र शुक्रबार भने सुनकाे मूल्यमा गिरावट आयो। बुधबार सुन प्रतितोला २१ सय रुपैयाँले घट्दै दुई लाख ४४ हजार तीन सय रूपैयाँमा किनबेच भयो। साताको अन्तिम दिन शुक्रबार भने प्रतितोला ५ सय रुपैयाँले घट्दै २ लाख ४९ हजार ७ सय रूपैयाँ ताेकियाे।

याे साताकाे पहिलो कारोबारको दिन आइतबार २ सय रुपैयाँले बढ्दै प्रतितोला छापावाल सुन २ लाख ३८ हजार ६ सय रूपैयाँमा कारोबार भयो । यस्तै, सोमबार थप २ हजार ९ सय रूपैयाँले बढ्दै २ लाख ४१ हजार ५ सय रूपैयाँ, मंगलबार सुन प्रतितोला ४ हजार ९ सय रूपैयाँले बढ्दै २ लाख ४६ हजार ४ सय रूपैयाँमा किनबेच भयो।

यस्तै, बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रूपैयाँले बढ्दै २ लाख ५० हजार २ सय रूपैयाँमा कारोबार भयो।