काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कृषि बीमालाई जोड दिँदै किसानलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले पशुबीमालाई पनि जोड दिनुपर्ने बताएका हुन्। उनले सहुलियतपूर्ण कर्जामा गुनासोहरू आएको भन्दै त्यस्ता किसिमका गुनासो सुनुवाइ गर्नुपर्ने बताए।
उनले अहिलेको जटिल परिस्थितिमा बैंक र व्यवसायी मिलेर अघि बढ्नुपर्ने बताए। बैंकहरु बलियो हुनुपर्ने र बैंकहरुले अनिवार्य रूपमा नाफा आर्जन गर्नुपर्ने भन्दै उनले निजी क्षेत्र र बैंकबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताए।






About Us
प्रतिक्रिया