काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा भारी रकमकाे वृद्धि देखिएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले बढेको हो।
आज सुन तोलामा २ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य २१ सय रुपैयाँले घट्दै २ लाख ४४ हजार ३ सय रुपैयाँमा कायम भएकाे थियाे।
आइतबार २ सय रुपैयाँले बढेको सुनको मूल्य, सोमबार २९ सय, मंगलबार ४९ सयले बढेको थियो। यस्तै, आज ५ हजार ९ सय रुपैयाँले बढेसँगै ४ दिनमा सुनको मूल्य १३ हजार ९ सय रुपैयाँले बढेको छ।
त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ। आज चाँदी तोलामा १७० रुपैयाँले बढेर ३३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।





About Us
प्रतिक्रिया