काठमाडौं – नेपाल राष्ट्र बैंकले ५० रूपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। केन्द्रीय बैंकले ४२ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिको लागि चीनको बेइजिङमा रहेको ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार २०८२ साउन ९ गते (२५ जुलाई २०२५) मा राइजिङ नेपाल र बैंकको वेबसाइटमार्फत सूचना प्रकाशित गरी बोलपत्र आह्वान गरिएको थियो।
सो बोलपत्र प्रक्रियामा प्राप्त प्रस्तावहरूमध्ये न्यूनतम मूल्याङ्कन प्राप्त र प्रभावकारी ठहरिएको कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनसँग सम्झौता गरिएको गरेको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ। सम्झौता २०८२ कार्तिक २५ गते (११ नोभेम्बर २०२५) मा सम्पन्न भएको हो।
उक्त कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि १ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिइने राष्ट्र बैंकले जनाएको छ।






About Us
प्रतिक्रिया