काठमाडौं – बुधबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ दशमलव ७८ अंकले घटेर २५ सय ४३ दशमलव ३७ को विन्दुमा कायम भएको छ। आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेसँगै ५ कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको छ।
आज दिनभरिमा ३२१ कम्पनीको ८३ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ। आज यस कम्पनीको ३८ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
राधि विधुत् कम्पनीको २२ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै कमाउनेमा सागर डिष्टिलरीका र भूगोल इनर्जी डेभलपमेन्टका लगानीकर्ता रहेका छन्।
आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले गुमाएका छन्। आज यसका कम्पनीका लगानीकर्ताले ८.७२ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया